काठमाडौँ । मनिसभित्र सहज वा असहज दुबै परिस्थितीमा स्ट्रेस वा दबाबमा पर्न सक्छन् । पुरानो कालखण्डका सताब्दीताका मनोविज्ञले व्याख्या गरेका थिए । मानवीय शरिरले वातावरणमा आएका विभिन्न परिवर्तन अनुसार नै विभिन्न प्रतिक्रिया व्यक्त गर्दछ ।
मानिसले सोचेका भन्दा बाहेकका परिणामले उसलाई स्ट्रेसमा ल्याउने गरेको मनोविज्ञ डा.नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । उनका अनुसार मानवीय शरीर र मानसिकताको एक अवस्था हो, फरक अवरोध वा उसले चाहेको भन्दा अन्य अनिश्चित परिणामको सामना गरिरहँदा उसमा स्टे«ेस वा मानसिक दबाब बढ्छ ।
“विभिन्न कारणवस मानिसमा दुई किसिमका स्टे«स पैदा हुनेगर्छ, जस अनुसार सकारात्मक र नकारात्मक स्ट्रेस मानिसको दिमागमा आपसमा टकराउनेगर्छ” , ठगुन्नाले भने । यतिबेला देशमा लकडाउनको अवस्था छ । यो अवस्था मानिसले सोचेभन्दा फरक अवस्था हो । यस्तोमा बढिमात्रामा नकारात्मक स्टे«सको अत्यधिक जोखिम मानिसमा हुन्छ ।
घरभित्रै रहेका मानिसमा पनि यस्तै सकारात्मक र नकारात्मक स्ट्रेस आउने जाने भैरहेको उनी उल्लेख गर्छन् । प्राकृतिक तथा वातावरणीय, मानिसको काम गर्ने वातावरण र जीवनका विभिन्न उतारचढावका कारण मानिसमा स्ट्रेस उत्पन्न हुने गर्छन् ।
कोरोना जस्तो विश्वव्यापी माहामारी, युद्ध, जलवायु परिवर्तन, भूकम्प र अन्य संकटका साथै पेसागत जीवनमा आइपर्ने उचारचढावले पनि मानिसमा स्ट्रेस निम्ताउँछ । जन्म, मृत्यु, बिबाह , सामाजिक जीवन जस्ता जीवनका विभिन्न चरणमा मानिसले भोग्नुपर्ने भोगभित्रपनि कहिले सकारात्मक र कहिले नकारात्मक स्ट्रेसबाट मानिस गुज्रिने गर्छन् ।
उनले भने अनुसार यस्तोबेलामा सामान्यभन्दा बढि सोच्ने र चिन्ता गर्ने बानी मानिसमा बढ्छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका,अशक्त तथा कमजोर शारिरीक अवस्थाका मानिसमा अझ बढि स्टे«ेस पर्छ । कोरोनाको माहामारीमा फ्रन्ट लाइनमा रहेर काम गर्ने चिकित्सक, नेतागण, उच्चाधिकारी, चालक लगायतमा झन बढि नै स्ट्रेस रहन्छ ।
लकडाउनमा रहँदा सामान्यभन्दा बढि रिस उठ्ने, झर्कने, रात्री निद्रामा गडबढी हुने समस्या बढि देखिन सक्छ । खाना खाने मात्रा वा तरिकामा तलमाथि हुने तथा केही गर्न मन नलाग्ने पनि हुन सक्छ । सुतिरहन मन लाग्ने, शरिरमा बढि आलस्य पैदा हुने समस्या पनि लकडाउनमा देखिन सक्छ ।
टेलिभिजन, रेडियो र मोबाइलको बढि प्रयोगले आँखा कमजोर हुने, एकै ठाउँमा बसिरहँदा मोटोपना बढ्ने, समुदायको सम्पर्कमा रहन मन नलाग्ने एककीपन उत्पन्न हुने लकडाउनको अर्को समस्या रहेको ठगुन्ना सुनाउँछन् ।
“जुन तरिकाले हामी घरभित्र बसिरहेका छौँ, यसबेला इन्टरनेटमा हाम्रो एक्सेस बढेको छ, यसले मानिसलाई त्यसमा निर्भर रहने खालको वातावरण बनाउन सक्छ,” उनी थप्छन्,, “एकछिन मोबाइल वा इन्टरनेट नपाउदा केही गुमाएजस्तो महसुस बढाउन सक्छ । ”
काम गर्ने मानिस एकाएक घरभित्र बन्द हुँदा एक प्रकारको दिक्दारी हुने, वाक्क दिक्क लाग्ने जस्ता समस्या देखिन्छ । बाहिर जान पाएहुन्थ्यो भन्ने हुटहुटी बढ्ने र घरभित्र चिडचिडाहट बढ्ने समस्या देखिन सक्छ ।
बाहिर काम गर्ने मानिसले प्राय घरभित्रको काम गर्न त्यति रुचाउँदैछ । त्यसको प्रकृति फरक पर्दा उनीहरुमा फरक व्यवहार देखिन सक्छ । कान गनेए क्षमता पनि विस्तारै घट्दै जानसक्छ । पुरुष बाहिरको काम गर्ने र महिला घरको काम गर्ने गरिरहेका थिए भने लकडाउनमा महिलामाथि कामको भार बढि पर्न सक्छ । किनभने अन्यबेला बिहान बेलुका मात्र बाहिर काम गर्ने मानिस घरमा रहन्छन् । त्यसैले घरमा बस्ने महिलाले दिनमा केही राहत पाउँछन् । लकडाउनमा दिनभर नै रहनेहुँदा घरभित्रको कामको चलखेल पनि बढ्छ ।
घर फोहर हुने, कपडा फोहर हुने, खाना धेरै बन्ने, चहलपहल धेरै हुने गर्दा महिलामाथि कामको बोझ थपिनेगर्छ । अझ घरभित्रै हुने महिला हिंसामा समेत बढोत्तरी हुनसक्छ पुरुषमा हुने फरक खालको गुणले महिलालाई सहयोग गर्नुभन्दा पनि थप काम अह्राउने र झर्को फर्को गर्ने खालको व्यवहार बढ्छ ।
यसले महिलामा अर्का खालको स्टे«स बढ्छ । श्रीमान र श्रीमती सँधै साथमा रहँदा सन्तान वृद्धिको अर्को अनौठो समस्या बढ्न सक्छ । आफू सँधै दुखी जस्तो महसुस हुने । कामदार भएको महसुस हुने समस्या देखिनसक्छ ।
परिवारिक तनावले आपसी द्वन्द्व निम्तने गर्दा थप स्टे«ेस बढ्छ । बालबालिका समेत घरमै रहने भएकाले घरमा हरहमेसा हल्ला र कोलाहलको वातावरण बन्न सक्छ ।
ठगुन्नाका अनुसार झन बिहान बेलुका खाना जुराउन नसक्ने परिवारमा त भोकमरी नै आउन सक्छ । सुरु सुरुमा सँगै बस्दा त्यो बसाई सहज लागेपनि लामो समयको लकडाउनले त्यो सहजपनलाई असहजपनमा बदल्न सक्छ । किनभने मानिस चलायमान प्राणी हो । एकै थलोमा बस्दा उसले त्यो वातावरण छिट्टै अपनाउन सक्दैछ । त्यसले पारिवारीक समस्या बढाउँछ । समुदाय समेत टाढा रहेका बेला घरभित्रकै सदस्यबाट बलात्कारका घटना हुने जस्ता जघन्य अपराध घट्न सक्छ । सामाजिक सञ्जाल बढि सक्रिय रहनेहुँदा इन्टरनेट अपराधको बढोत्तरी हुनसक्छ । जसका कारण मानिसको जीवनमा दिर्घकालिन समस्या निम्तन सक्छ ।
बिरामी र अशक्त अवस्थाका मानिसले समयमै उपचार नपाउने र पाएकाले पनि समयमै औषधी नपाउने अवस्था रहन सक्ने चिकित्सक प्रकाश बुढाथोकी उल्लेख गर्छन् । कोरोनाको संक्रमणको बढि जोखिम दिर्घरोगी, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधी क्षमता रहेका व्यक्तिलाई बढि छ । त्यसैले पनि घरभित्रै रहँदा त्यस्ता व्यक्तिले सही हेरचाह नपाउँदा जोखिम बढ्छ ।
Photo : https://medium.com/thrive-global/the-impact-of-the-workplace-on-our-home-lives-56c7fa4f1fd7
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०७७, १८ : ४७
लेखकबाट थप