काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । उनीहरु आमा छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति