पाटी एकता भएसगैं प्रचण्डले भेटे चितवनका अग्रज कम्युनिष्ट नेतालाई

मंगलबार, ०८ फागुन २०७४, २० : ४३
पाटी एकता भएसगैं प्रचण्डले भेटे चितवनका अग्रज कम्युनिष्ट नेतालाई

भरतपुर । नेकपा अध्यक्ष प्रचण्डले चितवनका अग्रज कम्युनिष्ट नेता सुर्य बहादुर मास्केसगँ कुराकानी गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनका अभियान्त मास्केलाई उहाँकै निवास नारायणगढमा पुगी भेटवार्ता गर्नुभएको हो । मास्के लामो समय देखि महुमेह ,उच्च रक्तचाप र मृगौलाको समस्याबाट पिडित हुनुहुन्छ ।
लामो समय देखि मास्केले नेपालका कम्युनिष्ट पाटीहरु बिच एकता हुनुपर्ने ईच्छा राख्नु भएको थियो । परिवारका सदस्यका अनुसार मास्के मृत्यु हुनु अघि कम्युनिष्ट पाटी बिचको एकता हेरेर मात्रै मर्ने ईच्छा राख्ने गर्नुभएको थियो ।

भेटका क्रममा प्रचण्डले दुई ठुला कम्युनिष्ट पाटीले बिच एकताको हस्ताक्षर गरेको भन्दै अब औपचारिकता मात्रै दिन बाँकी रहेको बताउनुभयो । हामीले पाटी एकता गर्ने संकल्प गरे बमोजिम एकिकृत कम्युनिष्ट पाटी निमार्ण उहाँले भन्नुभयो, पाटी एकता मात्र होईन् ,देशमा राजनीति स्थाईतत्व र विकास पनि देख्न समय आएको उल्लेख गुर्नभयो ।
अध्यक्ष प्रचण्डले मास्केको स्वास्थ्य लाभको कामना गर्नुभयो । मास्के ८३ बर्षको उमेरमा पनि विभिन्न कम्युनिष्ट सघंसस्थामा अवद्ध हुनुपर्छ । उहाँले किसान अन्दोलन देखि विभिन्न जनवर्गिय सगठनको नेतृत्व गर्दै कम्युनिष्ट पाटीलाई संरक्षण गर्दै आउनुभएको थियो । लामो समय चितवनको जिल्ला शिक्षा अधिकारीको कार्यभार समाल्हनु भएका मास्केले चितवनको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस