बाल्यकालमा फुटबल म्याचमा गोलको बर्षात हान्ने गरेको भनेपछि...

मंगलबार, ०८ फागुन २०७४, १९ : ४९
बाल्यकालमा फुटबल म्याचमा  गोलको बर्षात हान्ने गरेको भनेपछि...

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सोमबार आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु भयो । दुई ठुला कम्युनिष्ट पार्टीको एकता भएपछि जिल्लाको विभिन्न कार्यक्रममा सहभागि हुन आई पुग्नु भएका अध्यक्ष प्रचण्डले पार्टी एकताको विषयमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–यो एकताले नेपालको समृद्धि र सुशासन तर्फ ढो¥याउछँ । निर्वाचन अघि एमाले माओवादी बिचको सहमति भए अनरुप पाटी एकता भएको भन्दै गर्व महशुस भएको उद्घोष गर्नुभयो । भरतपुर विमानस्थलमा पत्रकारलाई पाटी एकतामा बारेमा प्रतिकृया दिई आफु निर्वाचित क्षेत्रमा रहेको विद्यालयको बार्षिक उत्सवमा पुग्नुभयो । प्रमुख अतिथि रहनुभएका अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनमा आफ्नो बाल्यकालका यादहरु सुनानउनुभयो । प्रचण्डले भरतपुर २२ मा रहेको अमर माध्यमिक विद्यालयमा फुटबल प्रतियोगिता यहि विद्यालयमै खेल्ने गरेको प्रसंग भिक्नुभयो । म फुटबल म्याच खेल्ने गरेको चौर यसै विद्यालयको रहेको बताउनुभयो । हाई स्कुल पढ्ने समयमा आफुले बढी फुटबल खेल्ने गरेको सुनाउनुभयो । त्यस्तै उहाँले फुटबलमा पोक्त खेलाडी भएकोले फुटबल ज्यादै मन पर्ने खेल भएको बताउनुभएको थियो ।
फुटबल खेल खेल्ने मात्र नभई त्यस ठाउँमा भावनात्मक सम्बन्ध जोडिएको उहाँको भनाई थियो । बाल्यकाल समयमा भैसी चराउन ,फुटबल खेल्न आएको स्मरण गर्नुभयो ।
चितवनको विकासको निम्ति आफु प्रतिवद्ध रहेको भन्दै उहाँले भरतपुर देखी जगतपुर सम्मको बाटा र भरतपुर बाट मेघौली चनौली जोड्ने बाटो पुर्ण रुपमा पिच हुने बताउनुभयो । त्यसैगरी, निकुञ्ज आसपासका जनतालाई बेलाबेलामा जंगली जनावरले सास्ती दिएको भन्दै उहाँले जंगली जनावरबाट जोगाउन निकुञ्ज वरपर तारजाली लगाउने काम पनि छिट्टै सुरु हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस