रोल्पामा आरडिटी सबैै रिपोर्ट नेगेटिभ

रासस

बुधबार, १० बैशाख २०७७, २० : ४१
रोल्पामा आरडिटी सबैै रिपोर्ट नेगेटिभ

काठमाडौं । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरेका  २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी  छ ।

जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा दुई, रोल्पा नगरपालिकाको कोटगाउँमा ३३, रोल्पा अस्पतालमा सात, सुनछहरी गाउँपालिकामा २९, रुन्टीगढी गाउँपालिकामा १७, लुंग्री गाउँपालिकामा १०९, थवाङ गाउँपालिका नौ र माडी गाउँपालिकामा ५३ जना रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिनुभयो । 

यता देशका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु फर्कने क्रम चलेसँगै स्थानीयवासीमा त्रास देखिन थालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने दुई हजार ३७३ मजदूर जिल्ला फर्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

त्यसरी फर्कने मजदूरमध्ये २५० रुकुम(पूर्व)का र अन्य सबै रोल्पाली रहेको प्रनाउ गुरुङले बताउनुभयो । यसरी फर्कनेहरुलाई स्थानीय तहको व्यवस्थापनमा क्वारेन्टाइनमा राखिएको गुरुङले बताउनुभयो । रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएकाहरु भित्रने क्रम जारी रहेको बताइएको छ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा ज्यालामजदूरी गर्न गएका रोल्पालीको संख्या दश हजारभन्दा बढी रहेको बताइन्छ । केही मजदूर भने पैदलयात्रामार्फत पनि जिल्ला भित्रिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस