उदयपुर । उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । उनीहरू सबै भुल्केका हुन् ।
संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो । श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति