टेकु अस्पतालमा उपचाररत धादिङका एक कोरोना संक्रमित युवा निको भए

बुधबार, १० बैशाख २०७७, १३ : ३९

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित एक युवा निको भएका छन् ।

गत चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका धादिङका ३२ वर्षीय युवालाई निको भएको हो ।

उपचाररत युवा कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण नदेखिएकाले आज वा भोलिसम्ममा ती युवालाई डिस्चार्ज गरिने उनले बताए ।

ती युवा चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए भने १२ मात्रै कोरोना भाइरस ९कोभिड–१९० संक्रमित भएको पुष्टि भएको थियो ।

यसरी नेपालमा कोरोना संक्रमण भएर निको भएर घर जानेको सँख्या ६ पुग्ने भएको छ । नेपालमा हालसम्म ४२ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस