र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्सको पीसीआर टेस्टमा नेगेटिभ

बुधबार, १० बैशाख २०७७, १२ : २२
र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्सको पीसीआर टेस्टमा नेगेटिभ

काठमाडौं । र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । 

दुई पटक गरिएको र्‍यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो । 

उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस