भारतबाट आएका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ

बुधबार, १० बैशाख २०७७, ११ : ५४
भारतबाट आएका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ । सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि उहाँलाई प्रादेशिक अस्पताल जनकपुर ल्याई स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिनुभयो।

वडाध्यक्ष गत चैत २२ मा बिहार भारतको राज्यको मधुवनीबाट फर्किनुभएको थियो । स्थानीयवासीको दवाबपछि प्रहरीले उहाँलाई चैत २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस