लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड -१९को संक्रमणबाट मृत्यु हुनेको संख्या हिजोको तुलनामा ह्वात्तै बढेको छ । ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार २४घन्टाभित्र बेलायतको अस्पतालमा कोरोनाबाट थप८ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
जसमा नर्दर्न आएरल्याण्डको मृतकको संख्या भने सामेल गरिएकोछैन । गएको २४ घन्टामा इंग्ल्याण्डमा ७७८ जना स्कटल्याण्डमा ७० जना र वेल्समा २५जनाको मृत्यु भएको बताइएको छ । हिजोसार्वजनिक तथ्यांक अनुसार गएको दुई सतामध्यकै सबैभन्दा कम मृत्यु भएको उल्लेखगरिएको थियो । आज सार्वजनिक तथ्यांक हिजोको तुलनामा झन्डै दोब्बर पुगेको छ ।
यसरिबेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने कुल संख्या १७ हजार ४ सय ८ पुगेको छ । हालसार्वजनिक तथ्यांकमा प्राइभेट रेसिडेन्ट तथा केयर होममा मृत्यु हुनेको संख्याउल्लेख नगरिएको र उक्त संख्या गत अप्रिल १० सम्ममा ४१ प्रतिशतले बढी रहेको बताइएकोछ ।
गत अप्रिल १० सम्म सरकारी अस्पतालको तथ्यांक अनुसार ९ हजार २ सय ८८ जनाकोमृत्यु भएको देखाइएको भए पनि उक्त संख्या १३ हजार १ सय २१ रहेको नेशनल स्टाटिस्टिककोकार्यालयले जानेको छ । यसरि हेर्दा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३हजार भन्दा पनि हुनसक्ने बताइएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायतयुरोपकै दोस्रो स्थानमा हुन् सक्ने अनुमान लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०७७, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै