सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवकअस्पतालबाट डिस्चार्ज

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, १९ : ०२
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवकअस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस पुष्टि भइ विभिन्न अस्पतालमा उपचाररत ५ जना निको भएर घर फर्किएका छन् ।  सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत  एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो ।

अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो । सोही अस्पतालमा  उपचाररत अर्का युवा पनि वैशाख ७ गते  निको भइ घर फर्किसकेका छन् ।

यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस