विराटनगर । एकैपटक १२ जना कोरोना संक्रमितको संख्या थपिएको उदयपुरमा थप आठ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । यसले नेपालमा उदयपुर कोरोना इपीसेन्टर बन्ने खतरा औँल्याएको छ ।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरका थप आठ जनाको नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।
कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति