काठमाडौँ । इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो ।
‘ट्याङकर शुक्रबार बसुन्धारामा रहेको प्रहरीको महालक्ष्मी आयल स्टोरमापुर्याइएको थियो। ुप्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’
उक्त नम्बरको ट्याङकर वीरगन्जका ट्रान्सपोर्टर कुलबन्त सिंहको हो। पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ। ‘पेट्रोलमा पानी मिसिदैन। चालकले तेल बिक्री गरेर पानी मिसाएको देखियो,’ डिपो प्रमुख यादवले भने, ‘चालकलाई कारबाही गर्न प्रहरीले पत्रचार गरिसकेको छ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण