मदन पुरस्कार विजेता अमर न्यौपानेको  सर्ट फिल्म "देशमाथि" सार्वजनिक

शुक्रबार, २८ चैत्र २०७६, १६ : १५
मदन पुरस्कार विजेता अमर न्यौपानेको  सर्ट फिल्म "देशमाथि" सार्वजनिक

स्कटल्याण्ड । मदन पुरस्कार विजेता  चर्चित साहित्यकार  अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म "देशमाथि" युट्युब च्यानलबाट  सार्वजनिक भएको छ ।

विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने  कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा  गरिएको थियो ।  अनुभवी र सफल निर्देशक दिपेश रेग्मीको निर्देशन/सम्पादन रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ । यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल, बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ ।   

नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद/कृपावादको कारण  उचित काम नपाएर विदेसिएको देशप्रेमी  युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ । बेल्जियममा रहेको   तेजेन्द्र कंडेल फिल्म्स (तेजेन्द्र कंडेल ) ले निर्माण गरेको उक्त सर्ट फिल्मको सह निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट (सोहन घिमिरे, बेलायत)  रहेको छ ।  फोस्तास तालकाले छायांकन गरेको "देशमाथि" को अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ । उक्त सर्ट फिल्म  रोप्रोडक्सन युकेको  युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ ।
 

प्रतिक्रिया दिनुहोस