'विराटनगरमा पनि अब कोरोना परिक्षण'

विहीबार, २७ चैत्र २०७६, २२ : २७
'विराटनगरमा पनि अब कोरोना परिक्षण'

विराटनगर । विराटनगरबाट पनि शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण  शुरु गरिने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए ।

सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा  दैनिक  २० जनाको मात्रै स्वाब परीक्षण  गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ ।

परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आएका छन् । शुक्रबारदेखि प्रदेशका  क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण  शुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस