रामेछाप । मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु २२ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०७६, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागू औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ
बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ