एजेन्सी । कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् ।
बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ । आइसोलेशनमा रहँदासमेत बोरिसले आफ्नो काम कारवाही रोकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ चैत्र २०७६, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति