बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको परिवारमा भाइरस नसरेको पुष्टि

आइतबार, २३ चैत्र २०७६, १६ : २४
बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको परिवारमा भाइरस नसरेको पुष्टि

बागलुङ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी एक महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरस संक्रमण नभएको पुष्टी भएको छ ।

कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारका ८८ वर्षीय ससुरा, कान्छी बुहारी र २ नाती समेत चार जनाको स्वाब परीक्षण गरिएको थियो । 

बाग्लुङ नगरपालिका–३ गौंडाकोटस्थित घरमा बस्दै आएकी संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वाब परीक्षण गरिएको थियो । परीक्षण पश्चात उनीहरुको रिर्पोर्ट नेगेटिभ आएको हो ।

गत बिहीबार कोरोना संक्रमण पुष्टि भएकी महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।