काठमाडौं । ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि)। कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे।
सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो। संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए। उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे।
शर्मा शैक्षिक व्यापारी हुन्। उनले लामो समयदेखि काठमाडांैमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन्। त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आपूmलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले। उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ।
ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो। उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन। त्यही भएर सिंहलगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए। पण्डित र केही चिकित्सक बसेर सूची बनाए। त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो। खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।
सामान्य आर्थिक अवस्थामा रहेका सिंहले सरकारी ठेक्कापट्टाबाटै आफ्नो आर्थिक हैसियत बदले। सरकारी ठेक्कापट्टाबाटै सिंहले केही सरकारी कर्मचारीको आर्थिक हैसियतसमेत बदलिदिएको उनी निकटवर्ती बताउँछन््। प्रत्येक दलका प्रभावशाली नेता र उपल्लो तहका सरकारी कर्मचारीसँग सिंहको बलियो सम्बन्ध छ।
उनी शक्तिशाली नेता र सरकारी कर्मचारीलाई मुठ्ठीमा राख्नुपर्छ भन्ने मान्यता राख्छन्। नेता र कर्मचारीलाई मुठ्ठीमा राख्ने उनको उपाय भनेको आर्थिक सहयोग नै हो भन्छन् सिंहलाई चिन्नेहरू। मुख्यसचिव लोकदर्शन रेग्मीसँग सिंह असाध्यै निकट छन्। गृहसचिव रहँदा रेग्मी र सिंहको सम्बन्ध बाक्लिएको स्रोतले बताएको छ।
रेग्मीले आफू गृहसचिव रहँदा गृह मन्त्रालय र मातहतका कार्यालयको सूचना–प्रविधिबारे हुने कतिपय छलफलमा सिंहलाई बोलाउने गरेका थिए। तत्कालीन गृहसचिव रेग्मीले सिंहलाई काम दिन मन्त्रालयका सहसचिवहरूलाई दबाब दिने गरेको गृहका एक अधिकारी बताउँछन्।
तत्कालीन गृहसचिव रेग्मीले अध्यागमन विभागको स्तरोन्नतिसम्बन्धी छलफलमा पनि सिंहलाई राखेको गृह स्रोतले बताएको छ। गृहबाट बाक्लिएको सम्बन्धका कारण मुख्यसचिव रेग्मीले अहिले सिंहका काममा बाधा पु¥याउँदैनन्। पृष्ठभूमिमा बसेर मुख्यसचिव रेग्मीले सिंहका कतिपय कामलाई सहजीकरण गरिरहेको स्रोतले बतायो। मुख्यसचिव रेग्मीसँग आफ्नो राम्रो उठबस भएको भन्दै सिंहले निकटवर्तीसँग धक्कु लगाउने गर्छन्।
कतिपय सरकारी अड्डामा सिंहले मुख्यसचिव रेग्मीको नाम लिएर कर्मचारी तर्साउने गरेका छन्। निर्वाचन आयोगको काम गर्दा सिंहले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलमार्फत काम गराएको स्रोतले जानकारी दिएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस