कोरोना भाइरस

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एकै दिनमा ६ सय थपियो

अहिलेसम्म भारतका १४ राज्य तथा प्रान्तहरुमा कोरोना संक्रमण पुष्टि

शनिबार, २२ चैत्र २०७६, १७ : १९
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एकै दिनमा ६ सय थपियो

साङ्केतिक फोटो

एजेन्सी । नेपालमा कोरोना संक्रमित तीन जना थपिएको अघिल्लो दिन शुक्रबार भारतमा थप ६ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार एकै दिन थप ६ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या तीन हजार ८२ पुगेको छ। भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

भारतमा संक्रमितको संख्या बढ्नुमा नयाँ दिल्लीको एक मस्जिदमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरुमा संक्रमण फैलिनु रहेको जनाइएको छ ।

भारतमा अहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये ६ सय ४७ जनाको सीधा सम्बन्ध दिल्लीको निजामुद्दिन क्षेत्रमा रहेको तबलिगी जमात मस्जिदमा भएको धार्मिक कार्यक्रमसँग रहेको स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

दिल्ली सरकारले सो मस्जिदमा आयोजना गरेको कार्यक्रममा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ । अहिलेसम्म भारतका १४ राज्य तथा प्रान्तहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस