चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरोसंगै निमोनिया भएर उपचाररत रहेकी एक महिलाको मृत्यु भएको छ ।
सिन्धुली हरिहरपुर गाँउपालिकाकी २६ वर्षीया उपा कुमारी राईको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुुसार बिरामी महिलालाई ज्वरो र निमोनियाकी भएको र हेटौडाबाट रिफर भएर चितवन आएकी थिइन् ।
गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । सुचाना अधिकारी पौडेलले बताउनुभयो । उनको लक्षण कोरोनासँग मिल्दो जुल्दो भनिएपनि के कारणले मृत्यु भयो भन्ने अस्पतालले बताउन चाहेको छैन् ।
उनको स्वाब परीक्षण हुन भने बाँकी छ । उ मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी भइरहेको छ । मृतक राईलाई हेटौडा अस्पतालले भरतपुर रिफर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस