काठमाडौं । थ्रेसर मेसिनमा च्यापिएर शुक्रबार दिउँसो बाराको कलैया उपमहानगरपालिका २२ का २५ वर्षीय विजय कुशवाहाको खुट्टामा चोट लाग्यो।
स्थानीय स्वास्थकर्मीले ३५ वटा टाँका लगाए। शनिबार बान्ता सुरु भएपछि उनलाई थप उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताल पु¥याइयो र आकस्मिक उपचार कक्षमा भर्ना गरियो। तर आइतबार सुक्खा खोकी लाग्न र ज्वरो आउन थालेपछि अस्पतालले उपचार नगरी उनलाई काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर ग-यो। उनको उपचारका क्रममा राजधानी आउँदाआउँदै बाटोमै मृत्यु भयो।
विगत केही वर्षदेखि राष्ट्रिय मिर्गौला केन्द्रबालाजुमा नियमित रुपमा डायलाइलाइसिस गराइरहेका छवि गुरुङको अस्पतालसम्म पुग्न नसक्दा मृत्यु भयो। तीन घण्टा कुर्दा पनि एम्बुलेन्स नआएपछि गुरुङको मृत्युभएको राष्ट्रिय मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले बताए। पर्साकोबहादुरमाई नगरपालिका १का २८ वर्षीय अनिल पटेललाई सोमबार श्वासप्रश्वासमा समस्या भयो। उनी वीरगन्जमा रहेको गण्डक अस्पताल पुगे।
सो अस्पतालले भर्ना गर्न नमानेपछि उनी भवानी अस्पताल पुगे। त्यहाँ पनि आनाकानीदोहोरियो। संयोगबस उनलाई चिन्ने एकजना मानिस अस्पतालमा कार्यरत भएकाले सामान्य उपचार सम्भव भयो। यी प्रतिनिधिमूलक घटनामात्र हुन्। कोरोनाको लक्षण भनेर देशका सरकारी तथा निजी अस्पतालले बिरामीको उपचार नगरी फर्काएका उदाहरण प्रशस्त छन्।
कोरोनाको सम्भावित महामारीसँग जुध्न संघर्ष गरिरहेको नेपालको स्वास्थसेवा प्रणालीले अन्य रोगको उपचारमा ध्यान दिन सकेको छैन। यसले गर्दा कोभिड १९ले भन्दा पनि उपचारले निको हुन सक्ने तथा खोपले रोक्न सकिने रोगका कारण हताहती बढ्न सक्ने देखिएकोछ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पशु चौपायामा लाग्ने रोगविरुद्धको खोप वार्षिक साढे ५ करोड डोज उत्पादन