काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा