काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।
आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको छ। अन्य जिल्लामा भने स्थिति सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए।राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताए।
उनले भने, 'हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।' सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरले कान्तिपुरलाई बताए। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ चैत्र २०७६, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान
भारतले बन्द गर्यो पाकिस्तानसँगको मुख्य सीमा, सिन्धु सन्धि निलम्बन
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा