कविता : चोक

शनिबार, ०८ चैत्र २०७६, ११ : ५५
कविता : चोक

- शम्भु अर्याल

उ कस्की छाेरी थिई ? 

उ कस्की बहिनी थिई ? 

अपरिचित अनुहारकाे विश्राम

चाेकनेर नै भएथ्याे

उ सायद माझी गाम्की चेली थिई

सायद कामी गाउँकी

काेयलाले जल्दाजल्दै

उछिट्टिएकी

रापे कमिनी थिइ

कि उ पर्गेलिएकी 

कसैकाे अपहेलित छाेरी थिई ? 

 

चाेकमै  फल्छ उस्काे

फाँटभरीकाे लहलहाउदाे बाली 

चाेकमै छ उसकाे जडेउरी पसलहरू

चाेकमै छ उसकाे मिथ्या संपन्ताकाे उत्कट चाहना 

 

एकदिन कसैले 

यस्तरी  टुटायाे

दसाै बर्ससम्मकाे उस्काे श्रम

ठ्याक्कै फिलिमकाे खलनायक जस्ताे 

सेकेन्डमा चुम्याे 

र तुरुन्तै बलत्कार गर्याे

बर्षाै सम्मकाे श्रमकाे !

उस्ले कहिलै भाेगेन 

चाेकनेर

नालीमा साैच बग्छ !

बग्छ आफ्नै याेनलिलाका

दिनाैसम्म गलेका ,षडेका 

शुक्रकिटहरू 

षड्छन् छाेरीका प्याडहरूपनि 

बुढी आमाका बुढैउली धर्साहरूपनी 

र कुप्रि परेका बा हरूकाे 

टेकाउने आसन  र टेक्ने लठ्ठीहरूपनि 

 

एक मिनेटमा कसैले

यी सबै उठायाे 

हुरीले जस्ताे धुलाे उडायाे

पात पतिङ्गर उडायाे

आँधीले जस्ताे 

स- साना नानी बाबुकाे

बुढाबुढी सब्बैकाे 

घाँटी अठ्यायाे

र 

खास्मा बर्षाै देखि 

पलभर ,निमेष-निमेष 

आदि अन्त्य थाहा नभइरहेकी

हरेक बिहान एक्लै सफा गरीरहने 

राजा, रैति, रङ्क सबै  हिंड्ने

र  चिहान कुरीबस्ने

षडककाे चाेक  थियाे त्याे ।

 

समाज, शासन र सायद 

आफ्नै ,आफैबाट

बर्षाैदेखि हण्डर खाईरहेकाे 

दुराचारी शासनकाे खप्की थियाे 

त्याे चाेक  उसकाे लागि l

(स्याङ्जा ,वालिङ -६ मिर्दी)

प्रतिक्रिया दिनुहोस