यी हुन् ८ देश जहाँ कोरोना भाइरसबाट बढी मानवीय क्षति भएको छ

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, ०९ : ४३
यी हुन् ८ देश जहाँ  कोरोना भाइरसबाट बढी मानवीय क्षति भएको छ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट विभिन्न ८ देशमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसरी एक सय जना बन्दा बढी मानवीय क्षति व्यहोर्ने देशमा चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स रहेका छन् । 

यी देशमा पनि सबैभन्दा बढी मानवीय क्षति इटालीले बेहोरेको छ । इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ । 

यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ । 

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।