निर्भया सामूहिक बलात्कार

सामूहिक बलात्कारका दोषीलाई फासी दिईएपछि निर्भयाका ‘आमा र बुवा’ले यस्तो भने.....

शुक्रबार, ०७ चैत्र २०७६, ०८ : २९
सामूहिक बलात्कारका दोषीलाई फासी दिईएपछि निर्भयाका ‘आमा र बुवा’ले यस्तो भने.....

दिल्ली । ७ वर्ष अघि दिल्लीमा भएको  निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज दिल्ली स्थित तिहांड जेलमा आज शुक्रबार बिहान फासी दिइएको छ । दोषीलाई फासी दिएसंगै उनका आमाबुवाले ढिलै भएपनि न्यायको जित भएको प्रतिक्रिया दिएका छन् ।  घटनामा दोषी ठहर भएका अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई चारैजनालाई बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो ।

फासी दिइएपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो काुनन बनोस् जसबाट मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् ।निर्भयाकी आमा आशादेवी न्यायपालिकालाई धन्यवाद व्यक्त गर्दै भनिन्, ‘ म न्यायपालिका, मिडिया, राष्ट्रपति र तपाईँहरु सबैलाई धन्वयाद दिन चाहन्छु, सात वर्षको संघर्षको आज जित भएको छ । आजका दिन हाम्री छोरी र महिलाहरुको नाममा छ जब निर्भयालाई न्याय मिल्यो ।’

‘मेरो छोरी त अब फर्किने छैन तर हामी आफ्नो लडाई जारी राख्नेछाँ ताकि भारतका महिालहरुलाई अधिक सुरक्षा होस् । आज फासी दिइएलगत्तै मैले आफ्नी छोरीको तस्बिर हेरे र उसलाई भने कि आखिर तिमिलाई न्याय मिलेरै छोड्यो, मैले उसलाई बचाउन सकिनँ, यसप्रति दुःख छ तर मलाई  त्यसमा गर्व छ कि आज आमाको धर्म पूरा भयो ।’ भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो ।  यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए । निर्भयाका रुपमा चिनिएकी ती युवतीको केही दिनपछि उपचारको क्रममा निधन भएको थियो । यो घटनापछि दिल्लीसहित भारतभर ठूलो प्रदर्शन भयो र त्यसको प्रक्रिया स्वरुप बलात्कार विरुद्ध नयाँ कानून आएको थियो ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमध्ये राम सिंह नाम गरेका अभियुक्त सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको थियो। यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एक सन् २०१५ मा जेलबाट छुटेका थिए । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका हुन् ।

चार अभियुक्तले आफू पछिल्लो समय आफूहरुको सजाय कम गरी जन्मकैदीको मात्रै सजाय दिन माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर शीर्ष अदालतले उनीहरुको अपिल खारेज गरेको थियो । बिहिबार रात भरि चलेको अदालती न्यायिक प्रक्रियाबाट अभियुक्त पुनः दोषी ठहर भएपछि पुर्व निर्धारित समय अनुुसार बिहान 
पौने ६ बजे झुण्डयाईएको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस