शान्ति मिसनमा कार्यरत नेपाली सैनिक कोरोनाको उच्च जोखिममा

सफल खबर संवाददाता

बुधबार, ०५ चैत्र २०७६, १९ : ४७
शान्ति मिसनमा कार्यरत नेपाली सैनिक कोरोनाको उच्च जोखिममा

फाईल फोटो

काठमाडौँ । विश्मा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर शान्ति सेनामा खटिएका सैनिकमाथि पनि परेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा विभिन्न मुलुकमा कार्यरत नेपाली सैनिक कोरोनाको उच्च जोखिममा रहेका छन् । 

कोरोनाको कहर विदेशको भूमिमा कायम रहँदा पनि शान्ति कायम गर्न खटिएका नेपाली सैनिक कोरोनाको जोखिममा रहेका हुन् । नेपाल स्थित सेनाको मुख्य कार्यालयले भने शान्ति सेनामा खटिएका नेपाली सैनिकले उच्च सतर्कता अपनाएको जनाएको छ ।  विदेशी भूमिमा स्थापनाको लागि खटिदै गरेका बेला कोरोनाबाट बच्ने उच्च सतर्कता अपनाउँदै यसबारेमा हरेक शान्ति सैनिकमाझ सचेतना फैलाइएको दाबी सैनिक मुख्यालयले गरेको हो ।

उसले सचेतना कार्यक्रम सञ्चालनसँगै कोरोनाबाट खतरामुक्त रहेको यकिन गर्न प्रबन्ध मिलाइएको जनाएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कबाट शान्ति सेनालाई सतर्कता अपनाउन निर्देशन आए बमोजिम सेनाको जंगी अड्डाबाट समेत मिसनमा तैनाथ शान्ति सेनाका लागि निरन्तर आवश्यक निर्देशन सहितको रखवाली भैरहेको दाबी गरिएको छ । 

नेपाली सेनाबाट विश्वका ११ मुलुकमा ५ हजार १०१ सैनिक शान्ति स्थापनार्थ खटिएका छन् । संक्रकणको जोखिमलाई मध्येनजर गर्दै आफ्ना गतिविधिलाई केही सिमित गरिएको सैनिक मुख्यालले जानकारी दिएको छ । चीन भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालको शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाइएकाले ति देशमा शान्ति स्थापनाका लागि जान तयार सैनिक टोलीको रवाना हालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस