गैंडाकोट नगरपालिकाले अबदेखि बैठकको प्रत्यक्ष प्रसारण गर्ने

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १७ : ४५
गैंडाकोट नगरपालिकाले अबदेखि बैठकको प्रत्यक्ष प्रसारण गर्ने

गैँडाकोट । गैँडाकोट नगरपालिकाले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । 

आफूले सबै प्रकारका सूचनाहरु सर्वसाधारणमा जानकारी प्रवाह गर्दा पनि नगर प्रमुख छत्रराज पौडेलले सूचना लुकाएको भन्ने उजुरी उपप्रमुख विष्णुमाया कँडेलले हेल्लो सरकार समक्ष उजुरी हालेको र आफूलाई सूचना लुकाएको भन्ने अभियोग लगाइएकाले अब खुल्ला रुपमा बैठकको सबै कुराहरु नगरपालिका बाहिर रहेको डिजिटल सूचना पाटीमार्फत सार्वजनिक गर्ने तयारी गरेको नगर प्रमुख छत्रराज पौडेलले बताउनु भयो । 

आइतबार एक कार्यक्रम गरी कार्यपालिका बैठकमा उठेका बिषय र त्यहाँ बोलिएका तथा गरिएका सबै कुरा श्रब्यदृश्य प्रसारण गर्ने तयारी गरेको मेयर पौडेलले बताउनु भयो । प्रतिनिधि सभाले जस्तै बैठक अवधिभरका सबै गतिविधी रेकर्ड गरिने र त्यसलाई सुरक्षित राखी सञ्चारमाध्याम तथा अन्य ब्यक्तिलाई विशेष प्रयोजनका लागि आवश्यक परेमा दिन सकिने पौडेलले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस