काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाल सरकारले यसमा लापरबाही गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले स्कुल बन्द गर्न र चलिरहेको परीक्षासमेत तत्कल रोक्न सरकारलाई सुझाव दिएका छन् ।
उनले कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ स्कुल कलेज बन्द नगरेर सरकारले लापरवाही गरेको आरोप लगाएको छ ।
भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०७६, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई
बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई