मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग

एजेन्सी

शुक्रबार, ३० फागुन २०७६, २१ : २५
मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् । पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ ।  

रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् । ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै पक्राउ गरिएको थियो ।

रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ३९ वर्षीय रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन ।

प्रतिक्रिया दिनुहोस