काठमाडौँ । कोरोना भाइरस भित्रिन नदिन सरकारले थप देशको भिसा रोक्ने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि नेपालमा थप सर्तकता अपनाउन उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । उनले भारत क्षेत्रो नाका समेत सिमित गर्नै निर्णय भएको जनाए ।
थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले भनेनन् । मुख्य सचिव लोकर्शन रेग्मीक नेतृत्वको एक्सन कमिटीले उक्त विषय सार्वजनिक गर्ने छ । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसा रोकेको थियो ।
बैठकले सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाईन सेन्टर र आईसोलेसन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय पनि गरेको छ । आवश्यक भएमा सुरक्षाकर्मि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्काउट र रेडक्रमको टोली समेत परिचालन हुने गरी तयारी थाल्ने सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०७६, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै