एजेन्सी । भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ ।
बीबीसी हिन्दीका अनुसार, कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म विभिन्न स्थानमा मृत्यु भएका १५ जनाको शव भेटिएको पुष्टि गरेका छन् ।
कटकका स्थानीय सुभम कुमार बेहरा र निशान्त पाढी होली खेलेपछि आफ्ना अन्य साथीहरुसँग नजिकैको नदीमा नुहाउन गएका थिए । नुहाउने बेला यी दुबैजना डुबे । यी दुईलाई नदीबाट निकालेर कटकको एससीबी मेडिकल कलेज अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।
यस्तै, रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे । पीडितमध्ये एकको घटनास्थलमा नै मृत्यु भयो भने अन्य दुईलाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरुको पहिचान वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमारको रुपमा गरिएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुन्डीको महेन्द्रतनया नदीमा एक, रेढाखोलको सन्धीमुँडा केनामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
निलगिरीको सिएडीमल ड्याममा एक, सालेपुरको चित्रोत्पला नदीमा एक र बारीपदाको जम्भीरा बाँधमा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
यस्तै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ जसको पहिचान हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो