इलाम । जैबिक बिबिधताले अत्यन्तै महत्वपूर्ण मानिएको चुरे क्षेत्रमा अत्यधिक दोहनका कारण बर्षौदेखि लगातार पहिरो जान थालेपछि चुरे पहाड नै सखाप हुने खतरा बढ्दै गएकोेछ । इलाम जिल्लाको चुलाचुली गाउँपालिका ६ स्थित लुकुवाबाट सुरु भएको पहिरोले यो क्षेत्रको चुरे क्षेत्र नै सखाप हुने देखिएको हो । हाल पहिरो गएको शिरमा २६ बर्ष पहिलासम्म ठुलो बस्ती नै थियो । तलबाट क्रमश पहिरोले तान्दै अहिले डाँडाको शिरमा नै आइ पुगेको छ ।
चुरेको तल्लोभाग मावा खोलामा नदीजन्य बस्तु अत्यधिक दोहन भएका कारण तलबाट कटान हुदै गएको हो । तराइमा नदिजन्य बस्तु ठेक्का लगाएर ठूला ठूला क्रशर उद्योग सञ्चालन गरिएका कारण चुरेको पहिरो बढ्दै गएको स्थानीयको बुझाइ छ । पहिरो लगातार यसरी नै गइरहेकोले यो क्षेत्रबाट बिस्थापित हुनुभएका बर्ष ८३ का नैनबहादुर तिम्सिना भन्नुहुन्छ यहाँ मेरो घर सहित साढे १२ रोपनी बारी थियो । बारीका ठूला ठूला पाटा थिए यही बस्दै खेतीपाती गर्दै आएको थिए । मेरो वरिपरि धेरै छिमेकी समेतको गाउँ नै थियो ।
पहिरो यहाँ आउँछ जस्तो थिएन धेरै तल मावा खोलामा अलिअलि पहिरो गएको देखिन्थ्यो केही बर्षमा नै क्रमश तलबाट पहिलारेले माथि तान्दै आयो । २०६० साल तिर यो गाउँका १५ घर परिवार सबैको बास उठ्यो तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा पहिरो गएपछि कुलबहादुर राई, चन्द्र तामाङ, टंक श्रेष्ठ, अशोक श्रेष्ठ, बिन्दु श्रेष्ठ, पृथ्वीमान श्रेष्ठ, इन्द्रबहादुर राइ लगायतको परिवार बिस्थापित भएका थिए ।
आफ्ना बाबुबाजेले अंश दिएको पैसाले खरिद गरेको घरबारी नै पहिलो लग्यो । काम गरिखाने खेत बगाएपछि छोराछोरी पढाउने पाल्ने केही रहेन । बौलाउनु जस्तै भयो तिम्सिनाले आँशु पुछ्रदै पीडा सुनाउनुभयो । घरखेत पहिरोले लगेर सुकुम्बासी भएपछि डोरी लिएर मर्न मन लागेको थियो । छोराछोरीको मायाले सकिन तिम्सिनाले बिगतलाइ स्मरण गर्दै भन्नुभयो ।
३० बर्ष अघिसम्म ठूलो गाउँ नै रहेको यो क्षेत्रमा अहिले पहिरो मात्र देख्न सकिन्छ । यहाँबाट शुरु भएको पहिरो मावा खोला हुदै पेरुङ्गे फुइके, दमक नगरपालिकाको पश्चिम र मोरङको पूर्र्वी सीमा क्षेत्रको भाग हुदै मावाखोलाको दायाँ बाँयाँको भाग समेत कटान हुदै गएको जनाइएको छ । यो पहिरो नियन्त्रण गर्न नसकेमा यसले चाँडै साक्फारा गाउँ नै समाप्त हुनेसक्ने लुकुवा पहिरो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष ढिकबहादुर राई बताउनुहुन्छ ।
कमेरे बालौटे पाँगो माटोले बनेको च्ुरेमा चैतमा ठूलो हुरी चल्दा समेत भूक्षय हुने गरेको छ । त्यस्तै बर्षायाममा सानो पानी पर्नासाथ पहिरो जाने गरेको छ । यसका कारण आसपासमा पानीका मुल सुक्नेदेखि महत्पुर्ण रुखबिरुवा समेत मासिदै गएका छन् ।
पछिल्लो सयम स्थानीयतह गठन भएपछि तराईमा बिकास निर्माणका लागि झापा र मोरङ जिल्लाको सीमा क्षेत्रमा पर्ने मावा खोलाको नदीजन्य बस्तु बालुवा, गिट्टी र ढु्ङ्गा उत्खनन्मा करोडौँको ठेक्का लगाइदै आएको छ । जसका कारण नदीको सहत गहिरो भएर चुरेमा पहिरो गएको स्थानीयको आरोप छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार