कृत्रिम अभाव र कालोबजारी विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकार : चाल पाए खबर गर्न अपिल

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०७६, १९ : ३१
कृत्रिम अभाव र कालोबजारी विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकार : चाल पाए खबर गर्न अपिल

फाईल फोटो

काठमाडौँ । कोरोना भाइरसको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध सरकारले नागरिकको सहयोग मागेको छ । 
भ्रममा परी उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न आग्रह गर्दै सरकराले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अपिल गरेको छ ।

“कहिँ कतै कालोबजारी, मूल्य वृद्धि, कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल खबर गर्न अनुरोध गरिन्छ” गृहमन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकराले सार्वजनिक सञ्चारमाध्यामलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न समेत भनेको छ । जनमानसमा त्रासदीपूर्ण अबस्था सृजना हुन नदिन पनि सरकारले सार्वजनिक अपिल गरेको छ । 

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा आउनसक्ने उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले यसअघि नै जनाईसकेको छ । विशेष गरी ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउने कोरानाको लक्ष्यण हो । आवश्यक सावधानी अपनाएमा रोगबाट बच्न सकिने भन्दै गृह मन्त्रालयले विशेष ख्याल गर्न भनेको छ । 

सरकार देशको सीमा नाका, अन्तराष्ट्रिय आवतजावत गर्ने क्षेत्रमा प्रभावकारी स्वास्थ्य परीक्षण गरिरहेका, रोगको निगरानी गरिरहेको तथा आवश्यक पूर्व तयारीमा जुटेको छ । हाल नेपालमा कोरोनाको संक्रमण देखिएको छैन । वुहान प्रान्तबाट आएको एक नेपालीमा मात्रै देखिएको थियो । उनी पनि निको भएर घर फर्किसकेका छन् । 
नेपालमा कोरोना छैन भनेर समाजमा प्रचार हुन नसकेको भन्दै गृह मन्त्रालयले विभिन्न हल्ला र प्रचारको पछाडि नलाग्न समेत आग्रह गरेको छ । साथै सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रदान गर्दै आएको सचेतनामुलक कार्यक्रमलाई सहयोग गर्न समेत भनेको छ । 

सरकराले बढी भिडभाड हुने, प्रकृतिको कुनैपनि सभा, सम्मेलन, भेला, कार्यक्रममा कोरोना भाइरसकेको सम्बन्धित जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम स्थगित गर्न पनि आग्रह गरेको छ ।
आम नागरिकको सहयोग समन्वय र संलग्नतामा कोरोनाको संक्रमणलाई नेपाल प्रवेशमा रोक्न सकिने भएकाले सरकार रोकथामका लागि हरेक उपाए अवलम्बन गर्न प्रतिवद्ध रहेको सरकारले जनाएको छ ।

जोखिम हुने भएकाले होली नखेल्न आग्रह
सरकारले रोगको जोखिम हुनसक्ने भन्दै हालीका गिितविधि सञ्चालन नगर्दा नै राम्रो हुने बताएको छ । होलीका अबसरमा विगतमा झैँ  भिडभाड र भेलामा जम्मा नहुन, लोला नहान्न आग्रह गर्दै रंग अविर दल्ने कार्य पनि जोखिमपूर्ण रहेको भन्दै सो कार्य नगर्न र नगराउन समेत अनुरोध गरेको छ । 
होली मनाउँदै गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस