काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए ।
यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए । प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रम ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०७६, १६ : ३४
लेखकबाट थप