नेकपा नेता ज्ञवालीलाई मातृशोक

बुधबार, २१ फागुन २०७६, १७ : ५०
नेकपा नेता ज्ञवालीलाई मातृशोक

चितवन । चितवनका नेकपा नेता देवी ज्ञवालीलाई मातृशोक परेको छ । नेता ज्ञवालीका आमा लङकाकुमारी ज्ञवालीको आज निधन भएको हो ।

भरतपुर महानगरपालिका–४ लक्ष्मीपुर स्थित निवासमा ८० वर्षको उमेरमा नेता ज्ञवालीका आमाको निधन भएको परिवारले जनाएका छन् । स्वर्गीय ज्ञवाली ब्लड प्रेसर, सुगरलगायतका समस्याबाट पीडित थिइन् । विसं १९९६ मा पर्वतको रानीपानीमा जन्मिएकी स्वर्गीय ज्ञवालीको ९९ वर्षीय श्रीमान् बालकृष्ण ज्ञवाली, तीन छोरा र दुई छोरी छन् ।

जेठा छोरा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली हुन् । आमाको निधनपछि आफू गहिरो शोकमा रहेको नेता ज्ञवालीले बताए । 

प्रतिक्रिया दिनुहोस