कोरोना भाइरसका कारण भिडभाड हुने सबै स्तरका कार्यक्रम राष्ट्रिय युवा संघद्धारा स्थगित

मंगलबार, २० फागुन २०७६, १२ : २५
कोरोना भाइरसका कारण भिडभाड हुने सबै स्तरका कार्यक्रम राष्ट्रिय युवा संघद्धारा स्थगित

काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिईरहेसंगै सरकारले मेला, महोत्सव, भिडभाड नगर्न आग्रह गरेसंगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भीडभाड हुने भएकाले र सरकारले पनि यस्त कार्यक्रम नगर्न आग्रह गरेकाले आफ्ना सबैजसो जमघटका कार्यक्रम स्थगित गरेको युवा संघले जनाएको छ । संघले आफ्ना मातहतका सबै कमिटीहरूलाई जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताए ।

संघले कोरोना भाइरसबारे जनचेतनामूलक काममा परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन पनि दिएको छ । नेपालमा हाल सम्म यो भाइरसको बिरामी नदेखिएपनि नेपाल अति जोखिममा रहेको देखाएपछि सबै तिर सतर्कता अपनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस