म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलमा

शुक्रबार, १६ फागुन २०७६, ०८ : १९
म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलमा

file photo

एजेन्सी । बेल्जियन क्लब ब्रगमाथि गोलको वर्षा गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लिगमा युनाइटेडले ब्रगलाई ५–० गोलले हरायो ।

समग्रमा युनाइटेडले ६–१ गेलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो लिगमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो ।

१० खेलाडीमा समेटिएको क्लब ब्रगलाई हराउन युनाइटेडका फ्रेडले दुई गोल गरे । ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे । ब्रुनोले २७ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए ।

ओडिनले ३४ औं र स्कटले ४१ औं मिनेटमा गोल गरे । फ्रेडले ८२ औं र ९० औं मिनेटमा ब्यक्तिगत दुई गोल थपेका थिए । यसअघि २३ औं मिनेटमा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो ।

म्याक टोमिनेलाई डिबक्स भित्र फल हानेपछि माथि सिमोन डेली रातो कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा युनाइटेडले भरपुर उठायो ।  अर्को खेलमा आर्सनल ओलम्पियाकोससँग २–१ गोलले पराजित हुँदै अन्तिम ३२ बाटै बाहिरिएको छ ।