सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँ

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १७ : ००
सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 
बुधबार छापावाल सुनको मूल्य तोलामा ७९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार रु २०० ले बढेर ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै बिहीबार चाँदी तोलामा रु ५ बढेर ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस