बर्दिबास । नेकपा मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त भएको छ । बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीलेजानकारी दिए ।
उनका अनुसार मैनाली बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो । मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।
हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा चैत महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु