काठमाडौँ । चिनियाँ राजदूतावासले ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महासंघको ठहर छ । बुधबार विज्ञप्ति मार्फत् महासंघले समाचारप्रति गुनासो गर्ने निकाय हुँदाहुँदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम निन्दनीय रहेको बताएको हो।यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ।
बुधबार नै काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भर्त्सना समेत गरेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
२८ गते हुने निर्वाचनको लागि पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
पत्रकार महासंघ निर्वाचन : मतदाताको सूची र तालिका शनिबार सार्वजनिक हुने
पत्रकार महासंघको चुनाव सर्यो