‘जनयुद्ध’सुरु भएको २५ वर्ष वितेको छ । तपाईंकै नेतृत्वमा सुरु भएको जनयुद्धलाई अहिले कसरी स्मरण गर्नुहुन्छ?
नेपाली जनताको एउटा ऐतिहासिक विद्रोहको रूपमा नै म जनयुद्धलाई स्मरण गर्छु । जनयुद्धमा नेपालका सबै जातजाति, भाषाभाषी, क्षेत्र वर्ग समुदाय सबैको सहभागिता र सहयोग अनि सबैको सामूहिक रूपमा बलिदान पनि भयो । त्यही सहभागिता र बलिदानको कीर्तिमानका कारणले नै आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउन सम्भव भएको हो भन्ने मलाई लागेको छ ।
त्यसअर्थमा जनयुद्ध नेपाली जनताको ऐतिहासिक पहलकदमी, युद्ध र विद्रोह थियो । त्यसैले जनयुद्धका महान सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहान्छु । सबै बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु । सबै घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना र उहाँहरूप्रति सम्मान प्रकट गर्न चाहान्छु । सहिद, बेपत्ता र घाइतेका परिवारका सदस्यहरूप्रति पनि म विद्रोहको एउटा प्रमुख नेताको हैसियतले हार्दिक सम्मान प्रकट गर्दछु ।
जनयुद्धले धेरै किसिमका मुद्दा उठान गरेको थियो । अहिलेको अवस्थामा आइपुग्दा त्यसबेला उठान भएका कति प्रतिशत मुद्दा सम्बोधन भएको महसुस गर्नुभएको छ ?
मैले यसलाई प्रतिशतकै रूपमा हिसाब त गरेको छैन । तर सबभन्दा ठूलो कुरा सामन्तवादका विरुद्ध नेपाली जनताको विजय स्थापित गर्न जनयुद्धले मुख्य भूमिका खेल्यो । त्यस अर्थमा हामी के भन्न सक्छौं भने जनयुद्धले उठान गरेको एकातिर सामन्तवादका विरुद्ध अर्कोतिर वैदेशिक हस्तक्षेप, साम्राज्यवादका विरुद्ध नेपालको राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सफल पार्ने दुईवटा मुख्य कुरा हुन् । त्यसमध्ये सामन्तवादमाथि विजय हासिल भयो । अर्को, अलि पेचिलो ढङ्गले स्वाधीनताको सङ्घर्ष जारी नै छ ।
मोटो हिसाबले भन्दा दुईवटा पहाड : सामन्तवादको पहाड र साम्राज्यवादको पहाड पन्छाउने कुरा थियो । सामन्तवादको पहाड मूलभूत रूपमा पन्छाइयो । अब राष्ट्रिय स्वाधीनताको या साम्राज्यवादको पहाड पन्छाउन बाँकी छ भनेर हेर्नुभयो भने ५०, ५० भन्न पनि सकिन्छ ।
मोटो हिसाबले भन्दा दुईवटा पहाड: सामन्तवादको पहाड र साम्राज्यवादको पहाड पन्छाउने कुरा थियो । सामन्तवादको पहाड मूलभूत रूपमा पन्छाइयो । अब राष्ट्रिय स्वाधीनताको या साम्राज्यवादको पहाड पन्छाउन बाँकी छ भनेर हेर्नुभयो भने ५०,५० भन्न पनि सकिन्छ ।
जनयुद्ध सुरु गर्दा नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको अपेक्षा गरिएको थियो । यो अवस्थासम्म आउँदा यी विषयमा कतिसम्म गुणात्मक परिवर्तन आयो भयो भन्ने लाग्छ ?
तपाईंले ठिकै भन्नुभयो । त्यतिबेला हामीले विद्रोह सङ्गठित गर्दैगर्दा, आन्दोलन अगाडि बढाउँदै गर्दा हामीले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको कुरा गरेका थियौँ । त्यसकारण हामीले त्यसबेला नयाँ जनवाद भन्थ्यौँ । जसमा नयाँ जनवादी अर्थनीति, नयाँ जनवादी राजनीति, नयाँ जनवादी सांस्कृतिक नीतिको सारतत्त्व भनेको सामन्तवाद साम्राज्यवादविरोधी नीति भन्ने नै हुन्थ्यो । त्यसरी हेर्दा अहिले हामी जहाँ आइपुगेका छौँ, राजनीतिक रूपले त हामी मूलभूत रुपमा सफल भयौँ र यो प्रक्रियाले एउटा गुणात्मक परिवर्तन नै ल्यायो ।
तर आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन त केही भएको छ, कत्ति पनि भएन भन्ने कुरा त सत्य होइन । तर जति अपेक्षित हो, त्यो क्षेत्रमा राष्ट्रिय पुँजीको विकास, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरा, जनवादी संस्कृतिको विकास गर्ने कुरामा भने अझै धेरै गर्न बाँकी छ ।
नेपालमा दस वर्ष जनयुद्ध भयो । तर छोटो समयमै शान्ति प्रक्रियामा रूपान्तरण भएकाले वा जनयुद्ध सम्झौतामा टुङग्याइएकाले त्यसबेला लिएका लक्ष्य र उद्देश्य पूर्ण हुन पो नसकेका हुन् कि?कस्तो महसुस गर्नुभएको छ ?
यो एउटा गम्भीर सैद्धान्तिक र राजनीतिक प्रश्न हो भन्ने लाग्छ । एकथरी मानिसहरुलाई लाग्छ कि अलि छिट्टै जनयुद्धलाई शान्ति सम्झौतामार्फत अन्त्य गर्ने काम भयो । जनयुद्धलाई केही वर्ष अरू चलाउन सकेको भए सामन्तवाद साम्राज्यवादविरुद्ध अझ ठूलै उपलब्धि हुने निर्णायक खालको विजय प्राप्त हुन्थ्यो कि ? भनेर तर्क गर्ने मानिसहरु छन् । त्यो एउटा मत छ । तर मेरो दृष्टिमा त्यो मनोगत छ र त्यो गलत छ ।
तपाईंहरुले सुरु गरेको जनयुद्धमा अन्तर्राष्ट्रिय प्रभाव थियोकस्तो परेको थियो? बताउन मिल्ने जति बताइदिनुहोस् न ?
मलाई जहाँसम्म लाग्छ, मैले देशको र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको ठिकठिक लेखाजोखा गरेर उचित समयमा यति उचित निर्णय लिएकैले नेपाललाई गणतन्त्रको युगमा ल्याउन सम्भव भयो । मैले त्यसो नगरेर अरू एक दुई वर्ष लड्छु भनेको भए मेरो के विश्वास भयो भने हाम्रो गति पनि धेरै नै भयानक हुन्थ्यो । नेपाली जनता र नेपाल राष्ट्रले क्षति पनि ठूलो व्यहोर्नुपर्थ्यो ।
किनभने योभन्दा अगाडि अन्तर्राष्ट्रिय शक्तिहरु नेपाललाई असफल राष्ट्र बनाएर, आफ्नो शक्ति ल्याएर माओवादीसँग लड्ने तयारीमा लागेको मैले थाहा पाइसकेको थिएँ । हतियार आएको कुरा त तपाईं हामी सबैले देखेकै कुरा भयो । इजरायलको कति हतियार आयो ? बेल्जियमबाट कसरी हतियार आए ? अमेरिकन सेनाले रेन्जर बटालियन कसरी बनाउँदै थियो यो कुरा त सबैले नाङ्गै आँखाले पनि देखेको कुरा हो । तर मैले त्योभन्दा अगाडि जाने भन्यो भने नेपाललाई असफल राष्ट्र घोषणा गर्ने र अन्तर्राष्ट्रिय शक्तिहरु आएर नेपाली जनतामाथि शासन गर्ने परिस्थितिर जाने खतरा थियो । तपाईं हामीले अफगानिस्तान देखेका छौँ । इराक देखेका छौँ । सिरिया देखेका छौँ । पहिलो दोस्रो विश्वयुद्धका कुरा त छोडौँ ।
तपाईंहरुले सुरु गरेको जनयुद्धमा अन्तर्राष्ट्रिय प्रभाव थियोकस्तो परेको थियो? बताउन मिल्ने जति बताइदिनुहोस् न ?
मलाई जहाँसम्म लाग्छ, मैले देशको र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको ठिकठिक लेखाजोखा गरेर उचित समयमा यति उचित निर्णय लिएकैले नेपाललाई गणतन्त्रको युगमा ल्याउन सम्भव भयो । मैले त्यसो नगरेर अरू एक दुई वर्ष लड्छु भनेको भए मेरो के विश्वास भयो भने हाम्रो गति पनि धेरै नै भयानक हुन्थ्यो । नेपाली जनता र नेपाल राष्ट्रले क्षति पनि ठूलो व्यहोर्नुपर्थ्यो ।
किनभने योभन्दा अगाडि अन्तर्राष्ट्रिय शक्तिहरु नेपाललाई असफल राष्ट्र बनाएर, आफ्नो शक्ति ल्याएर माओवादीसँग लड्ने तयारीमा लागेको मैले थाहा पाइसकेको थिएँ । हतियार आएको कुरा त तपाईं हामी सबैले देखेकै कुरा भयो । इजरायलको कति हतियार आयो ? बेल्जियमबाट कसरी हतियार आए ? अमेरिकन सेनाले रेन्जर बटालियन कसरी बनाउँदै थियो यो कुरा त सबैले नाङ्गै आँखाले पनि देखेको कुरा हो । तर मैले त्योभन्दा अगाडि जाने भन्यो भने नेपाललाई असफल राष्ट्र घोषणा गर्ने र अन्तर्राष्ट्रिय शक्तिहरु आएर नेपाली जनतामाथि शासन गर्ने परिस्थितिर जाने खतरा थियो । तपाईं हामीले अफगानिस्तान देखेका छौँ । इराक देखेका छौँ । सिरिया देखेका छौँ । पहिलो दोस्रो विश्वयुद्धका कुरा त छोडौँ । रातोपाटीबाट
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत गर्छ : प्रचण्ड
सरकारबाट हटेपछि पीडित भएको छैन : प्रचण्ड
दमननाथलाई जनताले देशको राजनैतिक र सामाजिक परिवर्तनका लागि सम्झिरहनेछन् : प्रचण्ड
भ्रष्टाचारको विरोध गर्नेलाई कांग्रेस-एमालेले दमन गर्दैछ: प्रचण्ड
प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड
विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास