काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबारको अन्तिम खेलमा अमेरिकालाई ३५ ओभरमा अल आउट गर्दै विश्व कीर्तिमान रचेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।
अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालका कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी खेलाडीलाई आईसीसीको कारबाही
आईसीसी अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आउँदै
अर्जुनलाई आईसीसीले गर्यो कारबाही
आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो