काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ । त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।
गृहले केहि दिन देखि अध्ययन गरिरहेको यो विषयलाई आइतबार नै अन्तिम टुंगो लगाउने तयारी गरिएको उच्च स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ माघ २०७६, ०८ : १९
लेखकबाट थप