काठमाडौं । ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेर नेपाली खेलाडी कुशल मल्लले कीर्तिमान रचेका छन् ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका मल्लले अर्ध शतकीय इनिङ खेलेर कीर्तिमान रचेका हुन् ।
बायाँ हाते ब्याट्सम्यान उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । आजको खेलमा कुशलले रोहितकै ठाँउमा टोलीमा मौका पाएका थिए ।
अमेरिकाविरुद्ध कुशलले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । जारी खेलमा उनी ५१ बलमा ५० रन बनाएर आउट भएका छन् ।
कुशल सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाइएका थिए । बन्द प्रशिक्षणमा राम्रो गरेका कुशल अमेरिकासँगको महत्त्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।
यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।
रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थियो । उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेजर्ट भाइपर्सको पहिलो खेलमा प्लेइङ-११ मा परेनन् कुशल मल्ल
कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएल टी-२० खेल्ने
नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट
कुशल मल्लले लिए क्यानडाको पाँचौँ विकेट