चितवन । कर्मचारी आन्दोलनले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय आइतबारदेखि ठप्प छ । तालाबन्दीका कारण परीक्षासमेत प्रभावित भएको छ । ज्यालादारीमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई वरिष्ठताका आधारमा करारमा ल्याउनुपर्ने उनीहरूको माग छ ।
यस्ता १ सय २३ कर्मचारीको व्यवस्थापन हुन बाँकी रहेको आन्दोलनरत कर्मचारी अमृत विकले बताए । ‘अफिस आएको दिनको मात्र तलब पाउने गरी ज्यालादारीमा काम गरेको वर्षौं भयो । दसैंको टीका लगाएर पनि अफिसमा हाजिर हुनुपर्ने अवस्था छ । ती कर्मचारीको व्यवस्थापन विश्वविद्यालयले गर्नै चाहेन,’ उनले भने । त्रिभुवन विश्वविद्यालयको आंगिक रूपमा रहेको तत्कालीन केन्द्रीय कृषि क्याम्पस नै पछि विश्वविद्यालय बनेको हो ।
त्रिविबाट आएका श्रेणीविहीन कर्मचारीको व्यवस्थापन भए पनि नयाँ विश्वविद्यालय बनेपछि नियुक्त त्यस्ता कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले विकले बताए ।
अर्का कर्मचारी विजय बुढाथोकीले रजिस्ट्रार मनराज कोलाक्षपतिले कर्मचारी व्यवस्थापन हुने बताए पनि उनी त्यत्तिकै हिँडेको बताए । यो विषय व्यवस्थापन हुन्छ भन्दै आएकोमा व्यवस्थापन नगरी बिदा भएका कारण कर्मचारीहरु आन्दोलनमा उत्रेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ माघ २०७६, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त
कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो ५२ जना कर्मचारी
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने