बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय बिरुद्ध सर्वोच्चमा मुद्धा दर्ता: अदालतकोे पत्र अस्पतालमा आएपछि समितिमा छटपटी सुरु

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, २१ : १८
बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय बिरुद्ध सर्वोच्चमा मुद्धा दर्ता: अदालतकोे पत्र अस्पतालमा आएपछि समितिमा छटपटी सुरु

चितवन । बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरी नाथ आश्रम प्राकृतिक चिकित्सालयको सन्चालक समिति र जिल्ला वन कार्यालय चितवनका  बिरुद्ध सर्वोच्चमा  मुद्धा परेको छ । बागेश्वरीमा सञ्चालनमा रहेको योगी नरहरी नाथ प्राकृतिक चिकित्सालयको सञ्चालक समितिले प्राकृतिक चिकित्सालयका नाममा अस्पताल खडा गरि कमाई खाने काम गरेपछि संरक्षक मण्डलले सर्वोच्चमा मुद्धा दर्ता गरेको बताएको छ ।

सञ्चालक समितिले संरक्षक मण्डललाई नै त्यहाँबाट हटाउने र त्यो सारा भुमिमा ब्यापार गरी कमाई खाने योजना बनाएपछि संरक्षक मण्डल र समिति बिच मन मुटाव बढेको थियो ।

संरक्षक मण्डलले बागेश्वरी  धार्मीक तथा पुराताप्तिक क्षेत्र भएकाले त्यहा धार्मीक बाहेक अन्य काम गर्नु उचित नहुने र साधु सन्तको नाममा ब्यापार गर्न नहुने बताउदै आएको थियो ।   प्रमुख संरक्षक योगी नरहरी नाथको भावना तथा परिषदको बिद्यान बिपरित सञ्चालक समितिले मनोमानी गरी त्यहा सुबिधा सम्पन्न अस्पताल निमार्ण गरी कमाई खाने काम गर्न थालेको र आश्रम तथा त्यहा रहेका बटुक तथा गाईहरुको संरक्षणमा ध्यान नदिएको भन्दै त्यहाबाट प्राकृतिक चिकित्सालय हटाउनु पर्ने माग गर्दै सर्वोच्चमा मुद्धा दर्ता गरेको संरक्षक योगी ब्यघ्र बेधनाथले बताउनु भयो । 

धार्मीक वन क्षेत्रमा योगी नरहरी नाथको नाममा ब्यापार गर्न नहुने उहाको भनाई छ । यसरी धार्मीक वनमा केही ब्याक्तिहरु मिलि ब्यापार गरी कमाई खाने माध्याम बनाउदा डिभिजन वन  कार्यालयले समेत रोक्न नसकेकोले वन लाई समेत बिपक्षि बनाई मुद्धा दर्ता भएको छ । त्यो क्षेत्रमा अस्पताल राख्न नपाईने भनेर यस अघि पनि सर्वोच्चले फैसला गरि त्यहाँ बाट मेडिकल कलेज हटेको थियो । उसैले छाडेको भौतिक संरचनामा प्राकृतिक चिकित्सालय सन्चालन गर्ने भनि समितिले डिलक्स रुम बनाउदै प्राकृतिक उपचारका नाममा चर्को शुल्क लिने गरेको छ ।

अदालतमा दर्ता भएको  रिटका आधारमा सवोच्चका माननिय न्यायधिस हरि प्रसाद फुयालको एकल ईजालासले निबेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी गर्न नपर्नेहो , आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई म्याद तामेल भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र बिपक्षिले महान्यायाधिबक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश भएको छ ।  अदालत बाट प्राकृतिक चिकित्सालयमा पत्र आईसकेको र पत्र आएसंगै समितिमा पदाधीकारीहरुमा छट्पटी सुरु भएको समितिकै सदस्यहरुले बताए । यता डिभिजन वन कार्यालय चितवनका प्रमुख बिष्णु पौडेलले आफुलाई अदालतमा परेको मुद्धाका बिषयमा बिभागले जानाकारी गराएको र कार्यालयमा पत्र भने नआईसकेको बताउनु भयो । एक दुई दिनमा पत्र आउने आफुले जानकारी पाएको र पत्र आएपछि लिखित जवाफ पठाउने उहाको भनाई छ । 

प्रतिक्रिया दिनुहोस