भारत । भारतको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा होटलमा बास बस्ने क्रममा ८ जना भारतीयको मृत्यु भएको घटनाको छानविन गर्न माग गरेका छन् । साथै उनले पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेका छन् ।
ग्यास हिटर गुम्सिएर मृत्यु भएको अनुमान गरिएका ८ जना भारतको दक्षिणी राज्य केरलाका थिए ।
मुख्यमन्त्री विजयनले भारतको केन्द्र सरकारका विदेशमन्त्रीलाई एस. जयशङ्कर एक पत्र लेखेर घटनामा आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रमा मृतक बास बसेको होटेलको कोठाको उपकरणमा खराबी भएको, त्यसैले गर्दा उनीहरुको मृत्यु भएको देखिएको उल्लेख गरिएको छ । यस्तै विजयनले सेवा प्रदायकले लापरबाही गरेको आरोप लगाएका छन् ।
त्यस्तै नेपालको नियामक निकायले आफ्नो जिम्मेवारी ननिभाएकाले यो घटना भएको आरोप लगाउँदै विजयनले पीडित परिवारका लागि नेपाल सरकारसँग उचित क्षतिपूर्ति माग्नुपर्ने विजयनले जयशङ्करसँग आग्रह गरेका छन् ।
नेपाल सरकारले यसअघि नै एभरेस्ट पानारोमाको घटनाको अनुसन्धानका लागि एक समिति गठन गरिसकेको छ ।
Kerala CM writes to External Affairs Minister Dr S Jaishankar, requesting that 'Nepal Govt may be requested to order inquiry into the death of 8 tourists (from Kerala) in a hotel room in Nepal,&also Nepal government should be persuaded to give compensation to victims' families.' pic.twitter.com/ICSF3n1xSo — ANI (@ANI) January 26, 2020
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ माघ २०७६, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाँकेमा ट्याक्टर पल्टिँदा युवकको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु