काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको घोषणा आजै हुन सक्ने बताउनु भएको छ ।
जनयुद्ध दिवसकै दिन पार्टी एकता टुंग्याउने तयारी भईरहेको खुलासा गर्नुभएको छ।
२३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्याक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज पार्टी एकता प्रक्रिया टुंग्याउने हाम्रो तयारी छ । यदि आज एकतालाई निष्कर्षमा पुर्याउन सकियो भने यो मेरो लागि सबै भन्दा खुशीको क्षण हुने छ ।’
हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी नेतृत्व, सरकारको नेतृत्व र एकीकृत पार्टीका नेपालका विषयमा दुई नेताहरुबीच सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस